समय : ०५:०८ pm | बिहिबार , असाेज ३० गते २०८२

चकचकेमा भोलि देखि महिला पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने

असोज १८ गते देखी सुरु हुने भनिएको खेल मौसम प्रतिकूलका कारणले असोज २५ देखी २७ सम्म हुने भएको हो।

स्वर्गद्वारी अपडेट | असाेज २४ गते २०८२

प्युठान।माण्डवी गाउँपालिका-५ चकचकेमा असोज २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।चकचके युवा क्लवको आयोजनामा भलिबल प्रतियोगिताको हुने आयोजकले जनाएको छ।

चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुने खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले भाग लिन सक्ने चकचके युवा क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले बताए।साथै सो खेलकुद प्रतियोगिता संगै रसारसी, स्लो बाईक रेश, घैटो फोर र छेलो खेल प्रतियोगिता समेत हुने क्लवका अध्यक्ष खड्काले जानकारी दिए।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैंया,द्वितीय हुनेले ३३ हजार ३ सय ३३ रुपैंयाँ,तृतीय हुनेले २२ हजार २ सय २२ रुपैंयाँ  नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। दर्ता शुल्क भने ३५ सय रहनेछ।

त्यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले २२ हजार २ सय २२ रुपियाँ, द्वितीय हुनेले १५ हजार ५ सय ५५ रुपैंयाँ,  तृतीय हुनेले ११ हजार १ सय ११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने युवा क्लवका आर्थिक संयोजक सरद बस्नेतले जानकारी दिए।दर्ता शुल्क भने १५ सय रहनेछ।

असोज १८ गते देखी सुरु हुने भनिएको खेल मौसम प्रतिकूलका कारणले असोज २५ देखी २७ सम्म हुने भएको हो। महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिताको दर्ता आज ५ बजे सम्म  रहने आयोजकले जनाएको छ।   

यो पनि पढ्नुहोस्