समय : ०५:०८ pm | बिहिबार , असाेज ३० गते २०८२

वेस्ट इन्डिजले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

नेपालले सिरिजका दुवै खेल जितेर सिरिज जितिसकेको छ।

स्वर्गद्वारी अपडेट | असाेज १४ गते २०८२

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ ।

युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यो खेलमा वेस्ट इन्डिजले टस जितेको छ । वेस्ट इन्डिजका कप्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले यस खेलमा पनि पहिला ब्याटिंग गर्ने भएको छ ।  

नेपालले सिरिजका दुवै खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेल १९ रनले र दोस्रो खेल ९० रनले जितेको थियो ।

अब सिरिजको अन्तिम खेल जितेर नेपालले क्लीन स्वीपको दाउमा रहेको छ भने वेस्ट इन्डिजले सान्त्वना जितको खोजि गर्ने छ । नेपालले टेस्ट खेल्ने देशमाथि लगातार दुई खेलमा जित हासिल गरेर ऐतिहासिक सफलता हासिल गरेको छ ।

आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । आज आसिफ सेख, ललितराज बंशी र दिपेन्द्र सिंह ऐरीको स्थानमा शहाब आलम, लोकेश बम र आरिफ सेख प्लेइङमा रहेका छन् ।

यो पनि पढ्नुहोस्