समय : ०४:५८ pm | बुधबार , फागुन २८ गते २०८१

मुख्यमन्त्री आचार्यद्वारा तेस्रो कोहलपुर गोल्डकप–२०८१ उद्घाटन

स्वर्गद्वारी अपडेट | फागुन १७ गते २०८१

कोहलपुर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गरेका छन् । सहारा क्लबको आयोजनामा कोहलपुरमा सुरू भएको उक्त प्रतियोगिताको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको बताएको हो।

उनले खेल क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरेका थिए। मुख्यमन्त्री आचार्यले भने,’लुम्बिनी प्रदेश खेलकुद क्षेत्रमा समृद्ध बन्दै गएको छ। युवा खेलाडीलाई आकर्षित गर्न सफल भएका छौं । खेलकुदले बाह्य देशका नागरिकलाई समेत भित्र्याउने भएकाले यसको भूमिका महत्वपूर्ण बन्दै गएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा खेल पूर्वाधार निर्माण, खेलाडी पहिचान, उत्पादन र क्षमता विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको जानकारी गरेका हुन्। खेल पूर्वाधार सुधार गर्न स्थानीय तहसँग सहकार्य गर्दै प्रदेश सरकारले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे  ।

प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने बताउँदै उहाँले बाँके र बर्दिया जिल्लालाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उनका अनुसार चालू आर्थिक वर्षमा बाँके जिल्लाका लागि मात्र २ अर्ब ४० करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ। उद्घाटन कार्यक्रममा प्रदेश सभम सदस्य, स्थानीय तहका जनप्रतिनिधि, खेल प्रेमी तथा सामाजिक अगुवाहरुको सहभागिता थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्