प्यूठान।स्वर्गद्वारी नगरपालिकामा छैठौँ राष्ट्रप्रति रनिङ शिल्ड प्रतियोगीता –२०८१ शुरु भएको छ। बुधबार “ खेलकुद हाम्रो शान, खेलाडी उत्पादनमा हाम्रो अभियान” मुल नाराको साथ स्वर्गद्वारी नगरपालिका ४ बाझिपुरमा प्रमुख अथिति लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्रि सरोज थापा (रोज राणा) ले पानसमा बत्ति बालेर उद्घाटन गरी विद्यालय स्तरीय छैठौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीता सुरु गरिएको हो ।
खेलकुद प्रतियोगीता कार्यक्रममा मन्त्रि सरोज थापा (रोज राणा)ले खेलकुद राष्ट्रको शान र स्वास्थ्यको लागी फाईजनक रहेको बताउदै आफ्नो मन्त्रालय नभएपनि खेलकुद विकासमा सहयोग गर्ने बताए। प्यूठान जिल्लामा महत्वपुर्ण रुपमा रहेको विकास निर्माणका कार्यहरु सडक , खेलकुद मैदानको स्तरउन्नति सँगै खानेपानीबाट बन्चित रहेका जनसमुदायमा खानेपानीको सुविधा गराउने समेत मन्त्रि थापाले बताए।
त्यस्तै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरस्तरमा रहेका खेलकुद मैदानलाई संरक्षण गर्नूका साथै खेलाडीलाई आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्ने बताएका थिए। खेलको सुरु दिनमा पन्ध्र सय दौड प्रतियोगीता , सटफुट र ने. रा. मावि कोचिबाङ र उमा महेश्वरी मावि सारी छात्र तर्फ भलिबल प्रतियोगीता भएको हो।
दौड प्रतियोगीतामा छात्रतर्फ प्रथम जनता मावि बर्जिबाङ, दोस्रो अमर मावि वडा नं.३ र तेस्रो बाल मावि अडेबास भएको हो भने छात्रातर्फ प्रथम सूर्यदय मावि बेलबास, दोस्रो जनता मावि बर्जिबाङ र तेस्रो बालमावि अडेबास भएको खेल प्रशिक्षक जीबन श्रेष्ठले जानकारी दिए।त्यस्तै सटफुटमा छात्रतर्फ प्रथम विद्यानन्द मावि जुडापाटा , दोस्रो अमर मावि र तेस्रो लोकचेतना एकेडेमी भएको छ भने छात्रातर्फ प्रथम बालमावि अडेबास , दोस्रो अमर मावि स्वर्गद्वारी नगरपालिका ३ र तेस्रो गङ्गेश्वरी मावि बाझिपुर भएको हो।भलिबल प्रतियोगीतामा उमा महेश्वरी सारीले ने.रा..माविलाई जितेको छ।