समय : ०३:५६ am | शुक्रबार , असाेज ३ गते २०८१

स्पेन यूईएफए नेसन्स लिग फुटबलको च्याम्पियन

स्वर्गद्वारी अपडेट | असार ४ गते २०८०

काठमाण्डाै - स्पेन यूईएफए नेसन्स लिग फुटबलको च्याम्पियन बनेको छ । क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

गएराति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसके पछि खेल  पेनाल्टी सुटआउटमा पुगेको थियो ।  स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । स्पेनले सन् २०१२ मा युरो कपको उपाधि जितेयता कुनै उपाधि जित्न सकेको थिएन ।

स्पेनले सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्व कप र २००८ मा युरोकप गरी उपाधिमा ह्याट्रिक गरेको थियो । यस्तै, गएराति नै तेस्रो स्थानका लागि भएको खेलमा इटली विजयी भएको छ । नेदरल्यान्ड्सलाई ३–२ गोल अन्तरले हराउँदै इटलीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्