पानी भनेर एसिडले मुख धुदा एक पुरुष घाईते
स्वर्गद्धारी अपडेट,प्यूठान ।सल्यानमा पानी भनेर एसिडले मुख धुने क्रममा एक पुरुष घाईते भएका छन । घाईते हुनेमा रोल्पाको रुन्टिगढी गाँउपालिका घर भई हाल कुमाख गाँउपालिका २ खारखोलास्थित जयराम बुढाथोकीको घरमा बस्दै आउनुभएका ५३ बर्षिय बिर बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बुढाथोकी ५र६ महिनादेखि रेजिन एण्ड टप अप खोटो संकलन खोटो कम्पनीमा काम गदै आएको प्रहरीको भनाई छ । बुधबार दिउँसो १२ बजे एसिडले मुख धुने क्रममा टाउको र मुख जलेको प्रहरीले बताएको छ । घाईते घर्तीलाई उपचारको लागि चौरजहारी रुकुम पश्चिम तर्फ पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभएको छ ।








