समय : ०९:३२ pm | सोमबार , फागुन ११ गते २०८२

अरिंगालले टोकेर एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान। अरिंगालले टोकेर रुकुम पश्चिममा एक पुरुषको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१, का ३८ वर्षीय सुवर्ण सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो ।तीन दिनअघि अरिंगालले टोकेपछि बिरामी भएका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको हो । अन्य साथीहरूसँगै सल्यानको बाँफुखोलामा अरिंगालको गोला झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो । घाइते सुनारलाई तीन दिनसम्म त्रिवेणी गाउँपालिका–६, झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा राखेर उपचार गरिएको थियो । अरिंगालले टोकेपछि उनको शरीरमा ५३ वटा घाउ थिए । ५३ ठाउँमा अरिंगालले चिलेको बताइएको छ । त्यहाँ उपचार गर्दा ठीक नभएपछि मात्रै नेपालगञ्ज पठाइएको थियो । सुनार त्रिवेणी गाउँपालिकाका कर संकलक पनि थिए । उनले सल्यान र रुकुम पश्चिमको सिमाना खौलामा बसेर कर संकलनको काम गर्थे ।

यो पनि पढ्नुहोस्