समय : ०८:०४ pm | सोमबार , फागुन ११ गते २०८२

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण १८ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान ।कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बुधवार बिहान करिब ९ बजे बाणगंगा(२, पिपराको मेचकुरीबाट लखनचोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिँदा २ जनाको ज्यान गएको हो । लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख दीपक बाबु केसीका अनुसार मोटरसाइकल चालक वडा नं(२ निवासी २५ वर्षीय रमेश विक र पछाडि २७ वर्षीय गोपाल विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएको दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

यो पनि पढ्नुहोस्