समय : ०८:०४ pm | सोमबार , फागुन ११ गते २०८२

मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते

स्वर्गद्वारी अपडेट | श्रावण १६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका छन् । दाङको घोेराहीमा घाईते मध्य एक जनाको अवस्था गम्भीर छ । सोमबार बिहान पौने ११ बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ६ प ६०४ नं। को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको लु ११ प ९२५५ नं। को मोटरसाईकल घोराहीको डिके पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किएका थिए । घाईते हुनेमा लु ११ प ९२५५ नं। का मोटरसाईकल चालक तुलसीपुर १५ का २३ वर्षीय बल बहादुर हरिजन, सोही मोटरसाईकलमा सवार लमहीकी १८ वर्षीया शान्ता बिक र अर्का मोटर साईकल चालक घोराही १४ का २० वर्षीय रबिकिरण बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते मध्य हरिजनको हात र खुट्टामा चोट लागेको र अवस्था मध्ययम छ भने बिकको टाउँको, घाँटी र दुबै खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । त्यसैगरी रबिकिरणलाई सामान्य चोट लागेको छ । घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।  

यो पनि पढ्नुहोस्