समय : ०५:१८ pm | सोमबार , फागुन ११ गते २०८२

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

स्वर्गद्वारी अपडेट | श्रावण ८ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ । गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।

यो पनि पढ्नुहोस्