समय : ०३:५९ pm | सोमबार , फागुन ११ गते २०८२

सडक ठेकेदारको २० लाख रुपैयाँ लुटियो

स्वर्गद्वारी अपडेट | श्रावण २ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । पाल्पामा सडक ठेकदार सुमन पन्थ समेत दुई जना लुटिएका छन् । उनीहरुको साथबाट नगद २० लाख रुपैयाँ गएराति लुटपाट भएको हो ।पन्थ तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुन् । प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र।३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए । सोहीबेला पन्थ समेत दुई जनालाई अन्दाजी ७र८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएका थिए । कुटपिटबाट घाइते भएका पन्थ समेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।  

यो पनि पढ्नुहोस्