समय : ०२:१४ pm | सोमबार , फागुन ११ गते २०८२

भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ

स्वर्गद्वारी अपडेट | असार २८ गते २०७९
स्वर्गद्धारी अपडेट,प्युठान। भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पश्‍चिम त्रिवेणी गा।पा। वडा नं। १ रुँघा बस्ने बर्ष ३६ को देउ कुमार खड्का रहेको प्रहरीले जनाएको छ । उनले असार २६ गते राती जग्गा अंशबण्डाको बिषयमा बाद बिवाद,  हुँदा आफ्नै भाउजु बर्ष ३७ की दिलसरा बोहरा खड्कालाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घटनाको बारेमा सुचना प्राप्त हुनसाथ प्रहरी चौकी सिम्रुत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले खड्कालाई पक्राउ गरेको हो । घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्