समय : १२:३७ pm | सोमबार , फागुन ११ गते २०८२

बर्षाका कारण सडक भासियो

स्वर्गद्वारी अपडेट | असार २५ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । बर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ । बर्षाको पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन । सडकमा क्षति हुँदा अवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

यो पनि पढ्नुहोस्