समय : १०:११ pm | शनिबार , मंसिर २० गते २०८२

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | असार ४ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो। दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाअध्यक्ष जीवराज बोहोराले जानकारी दिए। उनका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारण खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परेर मृत्यु भएको हो। घटनाको अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डिएसपी सुमित खडकाले जानकारी दिए।

यो पनि पढ्नुहोस्