समय : १०:५५ pm | सोमबार , फागुन ११ गते २०८२

एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण ३१ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बेलुका मुसीकोट नगरपालिका(२ राउखेतमा दुर्घटना हुँदा रसुवा घर भइ कास्की पोखरा बस्दै आएका ६० वर्षीय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पातुखोला–राउखेत सडकखण्ड मर्मतको क्रममा एक्स्काभेटर पल्टिएको थियो ।

यो पनि पढ्नुहोस्