समय : १०:५४ pm | सोमबार , फागुन ११ गते २०८२

अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण ३१ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु गएको छ । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो । चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको हो । ३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्यान जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए । उच्च रक्तचापले आत्तिएर अघिल्लो रात अस्पताल पुगेकी २२ वर्षीया महिलाको मृत्यु भएपछि शोकाकुल परिवार र आफन्तले तनाव सिर्जना भएको थियो । उनीहरुले चिकित्सकको लापरबाहीले उनको र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका हुन् । अस्पताल चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालेका थिए । ‘केस सिरियस थियो । डाक्टरहरुबाट तीनै जनाको ज्यान जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ । लापरबाही पटक्कै भएको छैन,’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा। बद्री चापागाईंले, ‘प्रयास गर्दा पनि ज्यान जोगाउन सकिएन ।’

यो पनि पढ्नुहोस्