समय : ०६:३३ pm | सोमबार , फागुन ११ गते २०८२

कुखुरा चोर खोरबाटै रंगेहात समातिए

स्वर्गद्वारी अपडेट | श्रावण १० गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । गएराती एक कुखुरा फर्मबाट चोर रंगेहात समातिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ निवासी चुडामणी ढुंगेलको खोरबाट कुखुरा चोरी गरेर भाग्ने क्रममा एक जनालाई खोर नजिकैबाट पक्राउ गरिएको छ भने अर्को एक जनालाई घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तुलसीपुर(१२ का २१ वर्षिय चेतबहादुर बुढामगर र घोराही(१० का धनबहादुर बुढामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर बखत बहादुर शाहीले जानकारी दिनुभयो । खोरमा २२ वटा बदिया भाले रहेको र चोरले २ वटा भाले समातेर भाग्न लागेको अवस्थामा समातेर प्रहरीलाई बुझाएको स्थानीय भिमप्रसाद भण्डारीले जानकारी दिनुभयो । राती करिब ११ बजेतिर सिंचाईका लागि खेतमा जानेक्रममा भाले बाहिर निस्किएको देखेपछि कुखुरा पालक ढुंगेललाई खबर गरी चोरलाई समातिएको उहाँले बताउनुभयो । चोरले उहाँकै घरबाटसमेत नगद ७ हजार चोरेको छ । घरमा नगदसहित ताला पनि हराएको पिडित भण्डारीले बताउनुभयो । घरमा कोहि नभएको मौका छोपेर ताला फोडेर सिरानीमा राखेको नगद चोरले चोरेर लगेको उहाँले बताउनुभयो । चोरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । घटनाको विषयमा थप अध्ययन गरी उनिहरुलाई सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्