समय : ०५:१६ pm | सोमबार , फागुन ११ गते २०८२

माछा पोखरीमा डुबेर दुईको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण ५ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान— बढैयाताल गाउँपालिका २ फुटाहास्थित राजन शर्माको माछा पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । डुबेको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल बिओपी फुटाहा र स्थानीयको सहयोगमा दुई जनाको उद्धार गरिएको थियो । उद्धार गरिएको दुईलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ । ३१ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर दत्त तिवारीका अनुसार मृत्यु हुनेमा सोही वडाका करिब ९⁄१० वर्षका युवराज बोहोरा र करिब १० वर्षीय भुवन भण्डारी हुन् ।

यो पनि पढ्नुहोस्