समय : १२:५३ pm | शुक्रबार , मंसिर ७ गते २०८१

प्रदेशको बजेटमा प्यूठानका आधा दर्जन बढी योजना समेटिए

स्वर्गद्वारी अपडेट | असार २ गते २०७९
अनुज पछाई,प्यूठान । लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७९÷८० को बजेट प्रस्तुत गरिएको छ । बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरिएको बजेटमा प्यूठान जिल्लाको लागी अधा दर्जन बढी योजना समेटिएका छन । प्रस्तुत बजेटअनुसार प्यूठान अस्पतालको लागी रु २ करोड बजेट छुटाइएको मन्त्रि खडकाले बताएका छन । प्यूठान अस्पतालमा डिआर एक्सरे को लागी पनि बजेट छुटाइएको छ । गुणस्तरीय पाठयक्रम दक्ष प्रशिक्षक तथा प्रभाबकारी प्रशिक्षण सहित प्रशिक्षणको माध्यामबाट गुणस्तरीय तालिम सञ्चालन गर्न प्यूठानमा ल्याव सहितको सीप प्रतिष्ठान स्थापना गर्न १ करोड बजेट विनियोजन भएको छ । यसको साथै प्यूठान अस्पतालको भवन निर्माण ,अल्लो ब्यवसाय प्रसोधन तथा कपडा तयारीका लागी सहयोग गर्न आबस्यक बजेट विनियोजन भएको मन्त्रि खडकाले बताएका छन । त्यस्तै ओखर खेती बिकास कार्यक्रमलाई निरन्तरता ,प्यूठानको पर्यापर्यटन प्रबद्र्धनमा जोड, जिल्लामा रहेका मगर जातिको भाषा सस्कृति तथा रहनसहनको अनुसन्धान गरि संबद्र्धन र प्रबन्र्धन र स्वर्गद्धारीमा धार्मीक गन्तब्यको रुपमा बिकास गर्ने लगायतका योजना परेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्