काठमाडौं । नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा एक जना घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । घाइतेलाई अस्पताल लगिएको छ ।
प्रदर्शनकारी सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।








