समय : ०८:४४ am | शनिबार , श्रावण १२ गते २०८१

पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

स्वर्गद्वारी अपडेट | कार्तिक ११ गते २०८०

  कात्तिक ११,

स्वर्गद्वारी अपडेट समाचार डेक्स । बदली तथा बाँकी भूभागको मौसम सफा रहेको छ । पश्चिमी भूभागमा रहेको पश्चिमी वायुको आंशिक प्रभावको कारण पहाडी भूभागमा केही बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाले आउँदो तीन दिनसम्म नै मौसम सामान्यतया सफा रहने जानकारी गराएको छ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page