समय : ०४:२८ am | बिहिबार , फागुन १३ गते २०८२

ओखलढुङ्गामा एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति

स्वर्गद्वारी अपडेट | माघ ११ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-५ को एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । मङ्गलवार हिजाे दिउँसो झण्डै साढे २ बजे दावा शेर्पाकाे दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ । आगलागीबाट काठ र टिनले बनेको दुई तले घरसहित सबै सामग्री जलेर नष्ट भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो । रिसोर्ट पूर्णरुपमा जलेर नष्ट भएपछि मात्रै आगो हिजाे बेलुका ६ बजेतिर प्रहरी र स्थानीयको सहयोगमा आगाे निभाइएकाे थियो । आगलागीको कारण यकिन नभए पनि चुलोबाट सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्