समय : ०७:३२ am | मङ्गलबार , फागुन १२ गते २०८२

आज दशैँको फूलपाती-देशभरी पूजाआजा गरेर भित्र्याइदै

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०७९
असोज १६, गते आइतवार   सन्तोष सुनार ,प्यूठान  – आज दशैँको फूलपाती- देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रम्हायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ । आज किसानले खेतमा गइ चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।  आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ ।

यो पनि पढ्नुहोस्