समय : ०४:२२ am | मङ्गलबार , फागुन ११ गते २०८२

गाई तार्न गएका दुई जनाको बगेर मृत्यु

स्वर्गद्वारी अपडेट | असाेज ६ गते २०७९
स्वर्गद्धारी अपडेट । दैलेखको छामघाट खोलामा बगेर दुई जनाको मृत्यु भएको छ। बुधबार महाबु गाउँपालिका ३ मा पर्ने छामघाट खोलामा बगेर दुई जनाको मृत्यु भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको महाबु गाउँपालिका–३ का अन्दाजी ४८ वर्षीय कृष्णबहादुर बुढा र भैरवी गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय लिलाबहादुर थापाको खोलामा बगेर मृत्यु भएको हो। उनीहरू गाई तार्ने क्रममा बगेको प्रहरीले जनाएको छ। भैरवी गाउँपालिका २ ढाडेमेलीबाट बगेका उनीहरू भैरवी गाउँपालिका १ रावतकोटमा फेला परेका हुन्।  

यो पनि पढ्नुहोस्