रुकुममा १० वर्षीय बालकको शव फेला
स्वर्गद्धारी अपडेट । रुकुममा बालकको शव फेला फेला परेको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो । विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन् ।
प्रहरीका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ








