आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको आरोपमा श्रीमान
स्वर्गद्धारी अपडेट,प्यूठान ।गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मदाने गाउँपालिका–४ पुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
२४ वर्षीय पीडित श्रीमतीले आफुलाई श्रीमानले वैवाहिक जवर्जस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो । पक्राउ परेका पुरुषलाई वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको समेत खरेलले बताउनुभयो ।
श्रीमानले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भनी पिडित श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिईन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।







