समय : ०६:२६ pm | शनिबार , मंसिर २० गते २०८२

ठुलो बाबुबाट भतिजी बलात्कृत

स्वर्गद्वारी अपडेट | जेठ २८ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी गरेको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जबरजस्ती हाडनाता करणी गरेको जाहेरी पर्न साथ ईलाका प्रहरी कार्यालय ढोडेनीले पक्राउ गरि अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।पीडित युवतीलाई माइती नेपाल गुलरियाको संरक्षणमा राखेर अनुसन्धान भईरहेको छ ।

यो पनि पढ्नुहोस्