समय : ०६:२२ pm | शनिबार , मंसिर २० गते २०८२

असार १ गतेदेखि आइतवारको बिदा खारेज

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०७९
स्वर्गद्धारी अपडेट– सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको खानेपानी मन्त्री उमाशंकर चौधरीले उज्यालोलाई जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो । ‘हामीले परीक्षणको रूपमा मात्रै दुई दिनको बिदा लागू गरेका थियौँ तर हाम्रै सरकारी कार्यालय, निजी क्षेत्र, शैक्षिक क्षेत्र सञ्चारमाध्यमलगायतको सुझावका आधारमा आइतवारको बिदा खारेजीको निर्णय भएको हो’, मन्त्री चौधरीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्