समय : ०६:२७ pm | शनिबार , मंसिर २० गते २०८२

नेरेसो प्यूठान शाखाको ३६ औं जिल्ला सभा सम्पन्न

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०७९
अनुज पछाई , प्यूठान । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्यूठानको ३६ औ जिल्ला सभा आइतबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी विजुवार उपशाखाको आतिथ्यतामा विजुवार प्यूठान स्थित होटल व्यबसायी संघ तथा पर्यटन सूचना केन्द्र को सभाहल एक कार्यक्रमको आयोजना गरि सभा सम्पन्न भएको हो । जिल्ला शाखा सभापति गुमानराज पुलामी को अध्यक्षतासंगै सुरु भएको कार्यक्रममकोे प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यता रहेको थियो । ३६ औ सभाको अवसरमा संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत र प्रस्तावित कार्यक्रम तथा बजेट माथि छलफल गरी सभाबाट सर्वसम्मतिले पारित भएको छ । जिल्ला सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने व्यक्ति,व्यक्तित्व र संघसंस्था हरुलाई प्रशंसा पत्र सहित शाखाले सम्मान गरेको छ। कार्यक्रममा जिल्लास्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि ,विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि उपशाखाका सभासद्,सञ्चारकर्मी लगायत रेडक्रसकर्मी ,जिल्ला शाखा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्