समय : ०६:२७ pm | शनिबार , मंसिर २० गते २०८२

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे आपसमा ठोकिएका थिए । दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२, बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते छन् । उनीहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको छ ।

यो पनि पढ्नुहोस्