समय : ०४:४७ pm | शनिबार , मंसिर २० गते २०८२

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । गुल्मि जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खेरलले जानरी दिनुभयो । कुमाल शनिवार दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि उक्त शव पानीबाट निकाली प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । डुबेर मृत्यु भएको घटना थाहा पाउन साथ हस्तीचौर प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार कमल खनालको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । शवलाई पोष्ट मार्टको लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताएका छन ।

यो पनि पढ्नुहोस्