समय : ०३:०८ pm | शनिबार , मंसिर २० गते २०८२

घाँटी रेटेर हत्या गरेको अवस्थामा श्रीमान्–श्रीमती फेला

स्वर्गद्वारी अपडेट | जेठ १७ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए । प्रहरीकाअनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस्