समय : १२:३० pm | शनिबार , मंसिर २० गते २०८२

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०७९
स्वर्गद्धारी अपडेट, प्यूठान । बाँकेको कोहलपुर पीपलचौतारा नजिकै भारतीय ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका कोहलपुर–१३ का अटोचालक २९ वर्षीय रामसेवक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । तीव्र गतीमा रहेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यो पनि पढ्नुहोस्