समय : १२:३० pm | शनिबार , मंसिर २० गते २०८२

बाख्रा चराउन गएकी महिलालाई बाघले खायो

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०७९
स्वर्गद्धारी अपडेट, प्यूठान । बर्दियामा बाख्रा चराउन गएकी एक महिलालाई बाघले खाएको छ । मधुवन नागरपालिका २ कोठिया गाउँकी करिब ४५ वर्षीया कौशिला पाललाई बाघले खाएको हो । उनी आज (मंगलबार) दिउँसो बाख्रा चराउन गाउँ नजिकै जागृति सामुदायिक वनमा जानुभएको थियो। सोही समयमा साँझ करिब ५ बजे बाघले आक्रम गरेरको उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्