समय : ११:२७ am | शनिबार , मंसिर २० गते २०८२

माछा मार्दै गर्दा डुबेर प्युठानका दुई जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ ९ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । माछा मार्ने क्रममा डुबेर प्यूठानका २ जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठानको नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिएका छन । उनीहरू काका भतिज भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी उनीहरूको शव आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्