माण्डबी नदिमा पौडि खेल्न गएका बालक बेपत्ता

अनुज पछाई , प्यूठान । जिल्लाको माण्डबी नदिमा पौडि खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन । स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का गिर बहादुर नेपालीका अन्दाजी १३ वषका छोरा भिम बहादुर नेपाली सनिबार दिउसो ११ बजेबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । प्रहरीका अनुसार घरदेखि करिब १.५ किलोमिटर पूर्वमा पर्ने माण्डबी (माडी) नदिमा पौडि खेल्ने क्रममा माथीबाट हाम फालेको तर अहिलेसम्म सम्पर्कमा आएका छैनन ।
बालक बेपत्ता भएपछि अहिले इलाका प्रहरी कार्यालय भिगृ तथा जस्पुरका प्रहरी टोलि खोजिकार्यमा परिचालन गरिएको छ ।