मतदान केन्द्रमै गोली चल्यो, निर्वाचनमा खटिएकी कर्मचारी घाइते

स्वर्गद्धारी अपडेट , प्यूठान । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित खराखसे मतदान केन्द्रमा गोली चलेको छ ।
स्थानीय सिद्धकाली मावि गोरखामा कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । सोही क्रममा विवादले उग्ररुप लिएपछि गोली चलेको थियो । प्रहरीले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी छन् ।
कर्मचारी मनिषा थापालाई गोली लागेको छ । उनको खुट्टामा गोली लागेको छ ।मतदानस्थलको बाहिर विवाद भएपछि नेकपा एमालेका कार्यकर्ताले बुथ फाल्ने चेतावनी दिएका थिए । त्यसपछि विवादले चर्को रुप लिएको थियो ।
एमालेले बुथ फाल्ने धम्की दिएपछि विवाद बढ्दै गएको र गोली चलेको त्यहाँ रहेका पत्रकार नन्दलाल अमगाइँले जानकारी दिए ।