समय : ०६:२५ am | शुक्रबार , श्रावण २ गते २०८२

मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो

स्वर्गद्वारी अपडेट | वैशाख २९ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत पुगेको हो । यसमध्ये खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि सात दशमलव ४० प्रतिशत र गैरखाद्य तथा सेवातर्फको मूल्यवृद्धि सात दशमलव १८ प्रतिशत रहेको छ । नौ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ प्रतिशतभन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस्