मासिक राशिफल
वैशाख, २०७९
मेष - ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यस महिनामा केही चुनौती देखिए पनि आत्मविश्वासले काम लिन सकिनेछ। पित्तदोष, ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले स्वास्थ्य कमजोर रहला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ र चैतन्य शक्ति समेत जागृत हुनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सफल भइनेछ। समाजका अगुवासँग सहकार्य हुन सक्छ। आयस्रोत सबल हुनेछ र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तर, ठूलो काम आँट गर्दा दुःख पाइनेछ। परिस्थितिवश आफन्तबाट टाढा भइनेछ। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष भइरहनेछ। पूर्वाधार कमजोर हुनेहरूलाई व्यावहारिक चुनौती आइपर्नेछन्। तापनि, बुद्धिविवेकले काम लिँदा धेरै काम सम्पादन हुनेछन्।
वृष - TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनबिनै खर्चिलो काम थाल्नाले समस्या देखापर्नेछ। हठ गर्ने बानीले अनावश्यक झमेला निम्त्याउन सक्छ। फजुल खर्च पनि बढ्नेछ। परिस्थितिवश नयाँ कार्ययोजना समेत स्थगित गर्नुपर्ने हुन सक्छ। तर मिहिनेतले काम सम्पादन हुनेछन्। पेसा र व्यापारमा राम्रै फाइदा हुनेछ। मिहिनेतअनुसार राम्रो कर्मफल प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नेछ। साझेदारी तथा सेयरमा फाइदा हुनेछ। तत्काल लाभ नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। प्रेम तथा मित्रताको सम्बन्ध सबल बन्नेछ। पाउमा चोटपटकको योग देखिएकाले जोखिम हुने काम र सवारीको उपयोगमा सावधानी अपनाउनुहोला। नेतृत्व गर्नेहरूप्रतिको असन्तुष्टिले नेतृत्व गर्ने स्थानमा पुर्याउन सक्छ।
मिथुन - GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसर जुट्नुका साथै आयस्रोत सबल बन्नाले यो महिना उत्साहवर्धक रहनेछ। समाजमा केही प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक प्रभाव बढ्नेछ। रोकिएका धेरै काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। कृषि तथा व्यवसायमा आम्दानी बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। महिनाको अन्त्यतिर आकस्मिक समस्या र काममा चुनौती आइलाग्ने ग्रहयोग रहेकाले उपलब्धि जोगाउन विशेष सावधानी अपनाउनुहोला। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा आलोचित भइनेछ।
कर्कट - CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा केही अवरोध देखिए पनि क्रमशः अवसर र भोगाधिकार प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू कर्मयोगका प्रेरक बन्नेछन्। मिहिनेत गर्दा यो महिना विशेष फलदायी रहनेछ। परिस्थिति प्रतिकूल देखिए पनि कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरी तथा राजनीतिमा विशेष उपलब्धि प्राप्त हुनेछ। व्यापार तथा उद्योगतर्फ फाइदा हुनेछ। कृषि उपज र पशुधनबाट पनि राम्रै लाभ हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अध्ययनमा भने धेरै समय जुट्न नसकिएला। समाजमा तारिफयोग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। सरोकार नभएका विषयमा चासो लिँदा वादविवादमा परिएला। प्रयत्न गर्दा कीर्तिमानी कामको यश लिने अवसर भने प्राप्त हुनेछ।
सिंह - LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन पनि धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा नियमित सहयोगीहरू समेत अलमलिन सक्छन्। अरूको भरपर्दा लाभांश गुम्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने भाग्यले साथ दिनेछ। समय लागे पनि रोकिएका काम सम्पादन हुनेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अनुसन्धानात्मक अध्ययनमा लाग्नेहरूलाई फाइदा हुनेछ। महिनाको उत्तरार्धमा नयाँ जिम्मेवारी पाइनेछ भने मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। नोकरी तथा राजनीतिमा पनि अवसर खोज्ने समय छ।
कन्या - VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक समस्या देखापर्नुका साथै यो महिनामा केही बाधाहरू उपस्थित हुने ग्रहयोग छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्ने देखिन्छ। काममा वैधानिक हस्तक्षेप हुन सक्छ। भ्रष्ट व्यक्तिहरूले दुःख दिनेछन्। तत्काल लाभ उठाउन नसकिए पनि आस मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापारतर्फ महिनाको उत्तरार्धमा विशेष लाभ हुनेछ र आर्थिक स्थितिमा सुधार आउनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने सम्भावना छ।
तुला - LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। साझेदारीमा विवाद हुन सक्छ। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। दोहोर्याएर गरेको काम भने सम्पादन हुनेछ। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति गर्ने मौका छ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव कमजोर बन्नेछ। घर–परिवारमा असमझदारी बढ्न सक्छ। कामको चापले थकान र कमजोरी निम्त्याउनेछ। अप्ठ्यारो पर्दा आफन्तको साथ नपाइएला। परिस्थितिवश यात्रा रोकिन सक्छ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि र साख जोगाउने प्रयत्न गर्नुहोला।
वृश्चिक - SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा चुनौती देखिए पनि मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। सुरुमा बलपूर्वक गरिएको कामले अन्ततः फाइदा दिनेछ। पहिले अवरोध गर्नेहरूले समेत सामाजिक अभियानमा साथ दिनेछन्। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ र मनग्य लाभ उठाउन सकिनेछ। शत्रुबाधा हट्नेछ भने मौसमी रोग निवारण हुनेछ। रोकिएका काम बन्नेछन् र आर्थिक समस्या सुल्झनेछ। भौतिक साधनसमेत जुटाउन सकिनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने मौका पाइनेछ। प्रतिस्पर्धीहरू सहयोगी र साझेदारका रूपमा उपस्थित हुनेछन्। अध्ययनमा प्रगति हुनेछ र कर्मयोगले उचाइको बाटो समाउनेछ। व्यापारमा लाग्नेहरूलाई महिनाको अन्त्यतिर विशेष अवसर प्राप्त हुनेछ।
धनु - SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति त्यति सहज नदेखिए पनि स्रोत–साधन जुटाउन सफल भइनेछ। अधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। विवादास्पद अभिव्यक्तिले सम्बन्धमा फाटो ल्याउन सक्छ, सजग रहनुहोला। लगानी बढी लागे पनि दिगो अवसरका लागि प्रयत्न गर्नुहोला। साझेदारीमा पुरानो विवादले निकास पाउनेछ। नयाँ कामका लागि नयाँ सहकर्मी फेला पर्नेछन्। कृषि र पशुपालनमा सहयोगीहरू जुट्नाले यथासमयमा काम गर्न सकिनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रेमको बन्धन कसिलो हुनेछ।
मकर - CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही चुनौती देखिए पनि बुद्धि–विवेकले काम लिनेहरूका लागि महिना फलदायी रहनेछ। सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि, पशुपालन र व्यापारमा सामान्य लाभ हुनेछ। उत्तरार्धमा केही नयाँ अवसर प्राप्त हुनेछन्। स्रोत–साधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर महत्त्वाकांक्षी सोचले घर–परिवार र साझेदारीमा असमझदारी निम्त्याउन सक्छ। अरूको उक्साहटमा लाग्नाले निकटजनसँग दूरी बढ्नेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। महिनाको उत्तरार्धमा अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले केही समस्या सुल्झाउन सकिनेछ। छाती तथा मुटुको समस्या हुनेहरूले स्वास्थ्यमा सावधान रहनुहोला।
कुम्भ - AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ अवसर प्राप्त हुनाले महिना उत्साहवर्धक रहनेछ। आवश्यक स्रोत–साधन जुट्नाले रोकिएका कामसमेत सम्पादन हुनेछन्। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। तारिफयोग्य काम गर्दै नयाँ जिम्मेवारी हातपार्न सकिनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनाले आर्थिक पक्ष सबल बन्नेछ। महिनाको अन्त्यतिर मित्रभेट हुनुका साथै विशेष उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ।
मीन - PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। सत्यको पक्षमा उभिँदा आफन्तसमेत टाढिन सक्छन्। भोग–विलासले फजुल खर्च निम्त्याउनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। महिनाको उत्तरार्धमा पढाइ, लेखन, संगीत र कलाका माध्यमबाट फाइदा उठाउन सकिनेछ। आफ्नो प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा फाइदा हुनेछ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पारिवारिक असमझदारी हट्नाले सुखसमृद्धि बढ्नेछ।