समय : ०२:१९ am | शुक्रबार , श्रावण १ गते २०८२

बुटवलमा बम विष्फोट

स्वर्गद्वारी अपडेट | वैशाख २८ गते २०७९
बुटवलको मिलनचोकमा बुधबार साझ बम  विष्फोट भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम  विष्फोट भएकाे हो ।
विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले  बताए ।
बम विष्फोट भएको ठाउँमा नेकपा माओवादी केन्द्रको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ । विष्फोटबाट ठूलो क्षति नभएको डिएसपी केसीले बताए ।

यो पनि पढ्नुहोस्