समय : ०२:३५ am | शुक्रबार , श्रावण १ गते २०८२

पुन्य गौतम एमाले

स्वर्गद्वारी अपडेट | वैशाख २७ गते २०७९
  स्वर्गद्धारी अपडेट प्यूठान । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम एमाले प्रवेश गरेका छन् । एमालेले मंगलबार काठमाडौमा गरेको चुनावी सभामा युट्वमार्फत चर्चामा आइरहने गौतम एमाले प्रवेश गरेका हुन् । त्यसक्रममा साहित्यकार चन्द्रमणी भट्टराई केही खेलाडी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गौतमले कविता वाचन गरेका थिए । त्यसक्रममा उनले ओलीलाई भ्लादिमिर पुटिन र सीजीनपिङसँग तुलना गरेका थिए ।

यो पनि पढ्नुहोस्