नगरबासीलाई बिस्नुको चिठ्ठी

आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनी,तथा मेरा प्रिय शिष्य अनि कुशल अभिभावक ज्युहरु
नमस्कार तथा अभिवादन ।
म बिस्नु योगी प्यूठान नगरपालिका नगरप्रमुख पदमा उम्मेदवार,झन्डै २७ बर्ष शिक्षण पेसासँगै सामाजिक अभियन्ता,विभिन्न संस्थामा अध्यक्ष तथा जिम्मेवारी पदमा रहेर काम गर्ने अबसर प्राप्त गरे र राजनीतिक बिचारकासाथ आफुलाई निखारता दिदै यात्रालाई एउटा असल पात्रको रुपमा आफुलाई परिचित गराउदै आए र अझ सक्षम नेतृत्वको परिचय दिने अबसर प्रदान गर्नुहुनेछ भन्ने आशा छ।
नगरपालिकाको कुनै सत्ताको कुर्सीमा नबसेर पनि महिला,युवा,बिध्यार्थी,दलित,निम्नबर्ग र निमुखाहरुको भावना बुझ्न सकेको र समानुपातिक सहभागीता,समाबेशीतालाई अगाल्दै आएको र पार्टिको उच्च मुल्यांकनका साथ यहाँसम्म आएको र यहाँहरु माझमा नेकपा माओबादि र हाल संयुक्त बाम गठबन्धनको तर्फदेखी मेरो उम्मेदवारी रहेको छ।
समाजको विकास, समन्वयन तथा, समृद्दिलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरालाई मसिनो तवरले अध्ययन तथा अनुसन्धान गरेको छु। अनुभव र भोगेको भोगाइले मलाई अझै धेरै उर्जावान बनाएको छ। सत्तामा रहनु नरहनु ठूलो कुरा होइन रहेछ जनताको माझमा रहनु ठूलो कुरा रहेछ। तर नीतिनिर्माताका लागि पद नै सर्बेसर्बा हुने भएकाले यो समय मैले जनतासँग बिताउन चाहान्छु र जनताले बिबेकको मत राखेर गठबन्धनका सबै साझा उम्मेवारलाई भारी मतले जिताउने अबसर प्रदान गरेको छु। बिजय सुनिस्चित छ। बिजयपश्चात सम्पुर्ण मतदाता,पार्टिकार्यकर्ता,नेतृत्व तहमा रहनुहुने ब्यक्तित्व,मेरा शुभचिन्तकहरुको भावनाअनुसार काम गर्ने र लोबतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिने मतदाताहरुको स्वाभाबिमानमा चोट पुग्ने काम गर्ने छैन भन्ने प्रतिबद्धता दिलाउन चाहान्छु।
हाम्रा कार्यकालका योजनाहरु
१. महिला सशक्तीकरण
२. युवा स्वरोजगार÷उद्दमी ब्यक्ती उत्पादनमा जोड
३ .न्याय÷सुशासन
४. खेलकुद
५. “एक घर एक स्वरोजगारी”
६. प्रबिधिमैत्री÷ब्याबहारिक शिक्षा
७. महिला,युवा,बिध्यार्थीको जीवन रुपान्तरण कार्यक्रम
८. प्रत्येक बिध्यालयमा बालसंस्कार तथा योग ध्यान कार्यक्रम
९. भ्रस्टाचार शून्य पालिका बनाउने
१०. स्वास्थ्यमा सकारात्मक पहुँच
११. महिला प्रजनन स्वास्थ्य कार्यक्रम
१२. किशोरकिशोरी सचेतता कार्यक्रम
१३. दलित,निम्न बर्ग र उत्पीडनमा परेकाको आवाज
१४. सामाजिक सुरक्षा भत्ताको उचित ब्यबस्थापन
१५. कृषि उत्पादनमा जोड तथा बजार ब्यबस्थापन
१६. मातृभाषा,भेषभुषा,साहित्य,पर्यापर्यटन संस्कृति र होमस्टेको उचित ब्यबस्थापन
१७.नेपाल सरकारबाट प्राप्त मौलिक हक अधिकारको अक्षरसः पालना गर्ने
१८. योजना तर्जुमा गर्ने
१९ बिकासका पुर्बाधार
२०. गरिबिका रेखामुनी रहेका बालबालिकाकालाई पुर्ण निशुल्क शिक्षा
२१. एसइइ पश्चात् १ जना बिध्यार्थीलाई उच्च शिक्षा निशुल्क(घबर्ष पालिकामा सेवा गर्ने सर्तमा)
२२. कक्षा ९ देखि अतिरिक्त सिपमुलक शिक्षा
सुन्दर र समृद्ध नगर बनाउने यो तीब्रइच्छालाई पक्कै तपाईको साथ सहयोग हुने पुर्ण बिश्वासका साथ गठबन्धनका मेरो नगरस्तरीय सम्पुर्ण उम्मेदवारलाई अमुल्य मत दिनुहुनेछ भन्ने पुर्ण बिश्वास छ।मलाई उत्प्रेरित गर्न मेरा शुभचिन्तकबाट सामाजिक सञ्जालमा मलाई मेरो उम्मेदवारी र नेतृत्वलाई पोस्ट्याउनु भयो सबै सबैलाई धन्यवाद
तपाईको प्रिय सेवक
बिस्नु योगी
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट
प्यूठान नगरपालिकाको मेयर पदका उम्मेदबार