समय : ०९:५६ pm | बिहिबार , श्रावण १ गते २०८२

भोलिदेखि साझ ८ः०० बजेसम्म मात्र ब्यापार ब्यबसाय सञ्चालन गर्न पाइने

स्वर्गद्वारी अपडेट | वैशाख २२ गते २०७९
  अनुज पछाई , प्यूठान । आसन्न स्थानिय निर्बाचन नजिकदै गर्दा जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लामा सञ्चालनमा रहेका होटल तथा ब्यबसायहरु साझ ८ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय प्यूठानमा बसेको प्यूठान उद्योग बाणिज्य संघ , होटल ब्यबसायि , प्रहरी र प्रशासनको संयुक्त बैठकले उक्त कुराको निर्णय गरेको हो । बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्बाचनलाई शान्त , न्याय ,निश्पक्ष र स्वतन्त्रपुर्बक सम्पन्न गर्नको लागी उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छन ।                           बैठकले बैशाख २३ गते शुक्रबारदेखि लागु हुने गरि २६ गते सम्म साझ ८ः०० बजे सम्म होटल तथा ब्यबसाय बन्द गर्नुपर्ने निर्णय गरेको छ । २७ गतेदेखि मौन अबधि सुरु हने छ । जिल्ला बाहिरबाट आउने नागरिकलाई भने सुरक्षाको यबस्था गरेर सेवा प्रदान गर्न सकिने प्रजिअ भुषालले बताएकी छन । त्यस्तै मौन अबधिबाट निर्बाचन नसकिदासम्मको लागी पूर्ण रुपमा मदिराजन्य पदार्थको बिक्रिवितरण गर्न नपाइने भएको छ । बिहिबारको बैठकमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल , जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापा , सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनी , होटल ब्यबसायि संघ प्यूठानका महासचिब लिलाघर न्यौपाने ,होटल ब्यबसायि संघ प्यूठानका अध्यक्ष जुद्ध बहादुर कुवर, प्यूठान उद्योग बाणिज्य संघ प्यूठानका कार्यकारी निर्देशक प्रकाश खनाल लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्