समय : १०:०१ pm | बिहिबार , श्रावण १ गते २०८२

स्वर्गद्धारी एफ एमले गर्याे आर्थिक क्षमता बिकास सम्बन्धि अन्तरक्रिया

स्वर्गद्वारी अपडेट | वैशाख ६ गते २०७९
  अनुज पछाई ,प्यूठान । प्यूठानको रेडियो स्वर्गद्धारी एफ एम प्रालिले एक दिने महिलाहरुको लागी आर्थिक क्षमता बिकास सम्बन्धि अनतरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । माण्डबी गाउपालिकाको सभाहल देबिस्थानमा गाउपालिकाका ५ वटै वडाका २५ जना महिलाको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । महिलाहरुलाई घरभित्रको काममा सिमित नगराएर स्वरोजगार तर्फ उन्मुख गराउनको लागी महिलाहरुमा आत्मबल बढाउनको लागी उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अध्यक्ष तथा रेडियो स्वर्गद्धारीका स्टेशन म्यानेजर लव कुमार अधिकारीले बताए । अन्तरक्रियामा महिलाहरुलाई कसरी आर्थिक क्षमता बिकास गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको स्टेशन म्यानेजर अधिकारीको भनाई रहेको छ । स्वरोजगारी कसरी बन्न सकिन्छ ? ,व्यबसाय कसरी गर्न सकिन्छ ? समाजमा महिला र पुरुषको भिन्नता , व्यबसाय गर्दा ध्यान दिनुपर्ने कुरा , स्थानिय स्तरमा गर्न सकिने व्यवसाय लगायत लैङगिक समानता लगायतको बिषयमा छलफल भएको थियो । कार्यक्रमको सहजिकरण महिला सहयोग मञ्च प्यूठानका अध्यक्ष पार्वता आचार्य र माण्डबी गाउँपालिका प्यूठानका महिला तथा बालबालिका शाखा प्रमुख सिता गौतमले गरेका थिए । माण्डबी गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा अन्तर पार्टि महिला सञ्जाल माण्डबी गाउपालिकाका अध्यक्ष सरीता थापा , सचिव केशरा पौडेल लगायतको सहभागीता रहेको थियो । माण्डबी गाउँपालिकाको जनतासंग अध्यक्ष कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रमको ब्यबस्थापन अनुज पछाईले गरेका थिए ।

यो पनि पढ्नुहोस्