समय : ०७:५१ am | शनिबार , मंसिर २० गते २०८२

स्याङ्जामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुग्यो

स्वर्गद्वारी अपडेट | वैशाख ४ गते २०७९
स्याङ्जा स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप फिरफिरेमा पल्टिएको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौँ प्राथमिक अस्पतालमा ल्याइएको छ । जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्