समय : ०७:४९ am | शनिबार , मंसिर २० गते २०८२

सिमान्तकृत समुदायलाई हेर्ने दृष्टीकोणमा राज्यनै उदासिन

स्वर्गद्वारी अपडेट | वैशाख ३ गते २०७९
अनुज पछाई , प्यूठान । सिमान्तकृत समुदायलाई हेर्ने दृष्टीकोणमा राज्यनै उदासिन भएको एक कार्यक्रमका सहभागीहरुले वताएका छन् । राज्यले सिमान्तकृत समुदायको लागी निति नियम वनाएको भए पनि कार्यन्वयनमा राज्यनै उदासिन भएको सहभागीले आरोप लगाएका छन् । सनिबार प्यूठान जुम्रिमा आयोजित, स्थानीय निर्वाचनमा सिमान्तकृत समुदायको सहभागीता र सञ्चार माध्यमको भुमिका विषयक अन्तरकृया कार्यक्रमका सहभागीहरुले यस्तो वताएका हुन् । नेपालको संविधानले राज्यवाट पछाडी पारिएका वर्ग समुदायको लागी संविधान र कानु्नमा मैलिक अधिकारहरु समावेश भएको भए पनि कार्यन्वयनमा समस्या भएको सहभागीहरुले वताए । कार्यक्रममा पुर्व संविधान सभा सदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले,राज्यले संविधान र कानुनमा दलित महिला,पछाडी पारिएका सिमान्तकृत समुदायहरुका समस्याहरुलाई संविधानमा समावेश गरेको भए पनि वाध्यकारी नवनाएकोले समस्या भएको बताइन । उनले भनिन संविधान वनायौँ, देशमा लोकतान्त्रीक गणतन्त्र स्थापना ग¥यौ तर पनि मानविय विकास र मानव जिवनमा परिर्वन आउन नसकेको छैन । दलित भएकै कारण, महिला भएकै कारण समाजवाट घरवाट अपहेलित हुनु परेको उनको भनाई छ । आउदै गरेको स्थानीय निर्वाचनमा दलित,समु्दाय र महिला समुदायलाई निर्णायक स्थानमा ल्यानु पर्ने उनको भनाई रहेको छ । जवसम्म दलित समुदाय र महिला समुदाय राज्यको निर्णयक स्थानमा आउन सक्दैनन् तव सम्म दलित महिलाहरुका समस्या समाधान हु्न नसक्ने विश्वर्माको दावी छ ।राज्यले सिमान्तकृत समुदायका कुराहरु सम्वोधन नगरे पनि मिडिया क्षेत्रले आवाज उठाइरहेको उनको भनाई छ । त्यस्तै अध्यक्ष विश्वकर्माले आवाज विहिनको आवाज प्रष्फुटन गर्ने माध्यम नै मिडिया भएकाले प्यूठान जिल्लामा रहेका सिमान्तकृत वर्गलाई सञ्चार माध्यमबाट सुसुचित गराउनको लागी सम्पूर्ण सञ्चारकर्मिमा आग्रह गरेकी छिन । जागरण मिडिया सेन्टरले नेपालका ३ वटा प्रदेशका ११ वटा जिल्लामा यस प्रकारको कार्यक्रम सञ्चालन गरेको बताइन । त्यस्तै जागरण मिडिया सेन्टरले विगत २२ बर्षदेखि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई छ । यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले सिमान्तकृत समुदायलाई प्रयोग मात्र गरेको वताए । समाजमा उपल्लो वर्गले तल्लो वर्गलाई विभिन्न् प्रलोभन देखाउदै आफ्नो स्वार्थको लागी मात्र प्रयोग गरेको उनिहरुको भनाई छ । संविधान र कानुनमा हकअधिकार उल्लेख भएपनि व्यवहारमा परिवर्तन नआएको उनिहरुको दावी छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजाल , पूर्ब अध्यक्ष गीरु प्रसाद भण्डारी ,उद्योग बाणिज्य संघ प्यूठानका पूर्व बरिष्ठ अध्यक्ष प्रभात केसी लगायत प्यूठानका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्