झोलुंगे पुलबाट लडेर एक महिला गम्भीर घाइते
रुकुम पश्चिम,२-वैशाख/ रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीमा रहेको झोलुंगे पुलबाट लडेर एक महिला गम्भीर घाइते भएकी छिन् । पुलबाट लडेर जाजरकोटको भेरी नगरपालिका २ रिसाङ निवासी ५२ वर्षीया देवी पुन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।
घाइते पुनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते पुनको ढाडको करङ र दुवै खुट्टा भाँचिएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै प्रहरीले जनाएको छ। पुलका विभिन्न भागमा रहेका फलेकहरू झरेको र राखिएका काठहरू कुहिएर थप जोखिम भएको स्थानियले बताएका छन् ।
ऐतिहासिक मानिएको झोलुङ्गे पुल जीर्ण बन्दै जाँदा भेरी नदी भएर वारपार गर्नेले पुलको डन्डी समातेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।







