समय : ०७:०६ am | शनिबार , मंसिर २० गते २०८२

माओबादी केन्द्र प्यूठान नगरपालिकाको मेयरमा १० जना दाबेदार

स्वर्गद्वारी अपडेट | वैशाख २ गते २०७९
अनुज पछाई , प्यूठान । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्बाचनमा नेकपा माओबादी केन्द्रको तर्फबाट प्यूठान नगरपालिकाको मेयरमा १० जनाको दाबि परेको छ । शुक्रबार जुम्रिमा उमेदबार छनोटको लागि बसेको नगरस्तरीय बैठकमा सर्बसहमति उमेदबारको को प्रयास गरेतावपनि सहमति जुटन सकेको छैन । प्यूठान नगरपालिकाको मेयरको लागि बर्तमान नगरप्रमुख अर्जुन कुमार कक्षपति सहित अन्य दाबेदारमा मदन बहादुर खत्री , शुशील पोखरेल , उमाराम पौडेल , सरस्वती न्यौपाने ,कृष्ण घिमिरे , बिष्णु योगी, पूर्णचन्द्र सुबेदी लगायत रहेका छन । शुक्रबार सहमति नजुटेपछि सनिबार भोली पुनः बैठक बसी सर्बसहमति नाम सिफारीस गर्ने माओबादी केन्द्र नगरकमिटीले जनाएको छ ।

यो पनि पढ्नुहोस्