प्युठान।निर्वाचन अवधिमा मठ–मन्दिर तथा विद्यालयजस्ता धार्मिक र शैक्षिक स्थलमा राजनीतिक दलका झण्डा, ब्यानर र पोस्टर टाँस्न नपाइने व्यवस्था रहेको छ। निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहितामा यस्ता स्थानलाई प्रचार–प्रसारका लागि प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरिएको छ।
तर नेपाली कम्युनिष्ट पार्टी प्युठानले नौबहिनी गाउँपालिका -७ बास्कोटको एक मन्दिरमा पार्टीको झण्डा र ब्यानर प्रयोग गरि चुनावी आमाभेला गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा सदस्यका लागि प्युठानबाट कृष्ण ध्वज खड्का चुनावी मैदानमा होमिएका छन्।








