समय : ११:२४ pm | बिहिबार , माघ २९ गते २०८२

कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो

राप्तीले गाउँपालिकाले ७७ दशमलव ४६ अंक प्राप्त गरि दाङमा पहिलो बनेको हो।  

लव कुमार अधिकारी | माघ २९ गते २०८२

प्युठान।दाङको स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ९ स्थानीय तहमध्ये राप्ती पहिलो नम्बरमा देखिएको हो।

आर्थिक वर्ष ०८१/०८२ मा आयोगले सार्वजनिक सार्वजनिक गरेको प्रतिबेदनमा राप्तीले गाउँपालिकाले ७७ दशमलव ४६ अंक प्राप्त गरि दाङमा पहिलो बनेको हो।  

त्यस्तै प्रतिवेदनमा शान्तिपुर गाउँपालिकाले ६९.८४ प्राप्त गरि दोस्रो भएको छ।लमही नगरपालिकाले ६४.१८ तेस्रो भएको छ।बंगलाचुली पालिकाले ६२.५७ चौथो, तुलसीपुर उपमहानगरपालिकाले ६१.५३ पाँचौ,घोराही उपमहानगरपालिकाले ६१.०८ छैटौ, दंशीशरण गाउँपालिकाले ६०.९७ सातौ,बबई गाउँपालिकाले ६०.६८ आठौ, गढवा गाउँपालिकाले ५८.९५ नवौ र राजपुर गाउँपालिकाले ४९.१७ अंक पाएका छन्।

जिल्लामा सबैभन्दा कम राजपुर गाउँपालिकाले ४९ दशमलव १७ अंक पाएको छ।यही मूल्याङ्कनका आधारमा आयोगले आव २०८१/०८२ का लागि यसङ्घबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ।

प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएको कार्य सम्पादन सूचनाको मुल्यांकन गरि अंक प्रदान गरिएको आयोगले जनाएको छ।

साथै प्राप्त अंकमा चित नबुझे सोही कार्य बाधिको दफा ९ अनुसार सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा निवेदन गर्न आयोगले जनाएको छ।

यो पनि पढ्नुहोस्